मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा: मन्त्री शाही
कैलाली | मंसिर १५, २०८१
कैलाली: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उहाँले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउर ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।
मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु संरक्षण, मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
“केही समयअघि मन्त्रालयले यी विषयका बारेमा आवश्यक जानकारी सङ्कलन गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा कार्यक्रम गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा बढी समस्या देखिएका थिए”, उहाँले भन्नुभयो, “ती समस्या समाधान गर्न, क्षति न्यूनीकरण गर्न तथा आरक्षबाट पीडित, विस्तापित भएका मानिसलाई पुनःस्थापना गर्न अधिकार सम्पन्न आयोग बनाएका छौँ ।”
वनलाई जनतासँग जोड्न, वन र जनताबीचको सम्बन्ध सुमधुर बनाउन तथा वनका माध्यमबाट जनतालाई समृद्धितर्फ लैजान मन्त्रालयले वन विकास कार्यक्रम अगाडि बढाएको वनमन्त्री शाहीले उल्लेख गनुभयो । वन र पर्यटन, राष्ट्रिय निकुञ्ज र पर्यटनलाई एकापसमा जोड्ने प्रयास निरन्तर जारी रहने उहाँले बताउनुभयो ।
मन्त्री शाहीले भन्नुभयो, “जहाँजहाँ हाम्रा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र छन्, ती सबै पर्यटनका अत्यन्तै आकर्षण केन्द्र हुन् । पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधार र पर्यटकलाई बस्न तथा अन्य विभिन्न सुविधा नहुँदा बढी पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । मन्त्रालयले योजनाबद्ध रूपमा समस्या समाधान गर्दै राष्ट्रिय निकुञ्जसँग पर्यटनलाई जोड्ने प्रयास गरिरहेका छौँ ।”
बाजुराको बडिमालिलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

